हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अबदेखी अनलाइनबाटै तिर्न मिल्नेगरि त्यसको व्यवस्था गरेको सरकारले जनाएको छ । हाल पहिलो चरणमा परीक्षणका रुपमा यसलाई गण्डकी प्रदेशबाट सुरुवात गरिएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्तालयले आयोजना गरेको एक कार्यक्रमबाट अनलाइनबाटै लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणालीको शुभारम्भ गर्नुभएको हो। “अब यातायात व्यवस्था कार्यालयहरुमा सेवा ग्राहिहरुको लामो लाईन अब बिस्तारै कम हुनेछ। घरबाटै राजस्व तिर्न मिल्ने ब्यवस्थाले विचौलियाको जालो तोडिनेछ ।” मन्त्री ज्वालाले भन्नु भयो।

अब लिखित र ट्रायल परीक्षामा पास भएकाहरुले कनेक्ट आईपीएसस,इसेवा, खल्ती लगायतका अन्य वालेटमार्फत लाइसेन्सको राजस्व सजिलोसँग भुक्तानी गर्न सक्ने विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार, ,  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्