हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत। कर्णाली प्रदेशका विभिन्न जिल्लामा देखा परेको लम्पी स्कीन रोग नियन्त्रणमा लाग्न कृषि मन्त्री भिम प्रकाश शर्माले मातहतका निकायलाई निर्देशन दिनुभएको छ।

कर्णाली प्रदेशका १० जिल्लामा पछिल्लो समय महामारीको रुपमा फैलिरहेको लम्पी स्कीन रोग नियन्त्रणमा मन्त्रालयबाट कुनै कसुर बाँकी नराखी काम गर्न भुमी व्यबस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले निर्देशन दिनुभएको हो। मन्त्रालयले हाल सम्म १ लाख २५ हजार ९१ पशुचौपायको उपचार गरेको जनाएको छ। यस्तै ,९ हजार ९ सय एक पशुचौपायमा खोप लगाइएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ।

कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाको विभिन्न क्षेत्रमा केहिदिन अघि गाइ,गोरुमा विभिन्न रोग देखा परेको थियो। त्यसको केहि दिनमा ति क्षेत्रमा शंकास्पद पशुको सिरिम र छालाको भागका नमुनाहरु पशुपंछी  रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट गत २०७९  साल चैत्र २७ गते केन्दीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला स्याम्पल पठाइएको थियो।

त्रिपुरेश्वरमा पठाइएका Real  time  PCR विधिबाट परिक्षण गर्दा गएको बैशाख ४ गते लम्पी स्कीन पुष्टी भए पश्चात  मन्त्रालयले हाल सम्म गरेको प्रगति र  रोग नियन्त्रणको अवस्थाबारे एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिइएको मन्त्रालयका सुचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिनु भयो।

सुचना अधिकारी रामभक्त का अनुसार कर्णालीका १० जिल्लामा सबै भन्दा धेरै  लम्पी स्कीनको प्रभाव सल्यान  र कम प्रभावित जिल्लामा मगु रहेको छ। सल्यान ३४ हजार ३सय २८ पशु संक्रमित हुँदा मुगु जिल्लामा ४ सय २९ पशुचौपाय संक्रमित भएका छन्।

खाद्य व्यवस्था कम्पनीमा छ्ड्के निरीक्षण

यसैगरी कर्णाली प्रदेशका भुमी व्यबस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बुधबार कृषि सामग्री कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेतको स्थित गोदामको छ्ड्के निरीक्षण गर्नुभएको छ।

मन्त्री शर्माले हाल कम्पनीको मौजातको अवस्था बारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार, ,  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्