हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दाङ-सल्यान सडकखण्डको सल्यान चोरखोलामा गुडिरहेको बसमा एक्कासी करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोपाल श्रेष्ठका अनुसार करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी  ७० वर्षीय बालराम डाँगी र उहाँका छोरा अन्दाजि ४० वर्षका टोपलाल डाँगी रहनुभएको छ  ।

बिहिवार राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत दाङ तुलसीपुर देखि खौला जादै गरेको रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उक्त घटनामा परि बस धनी सल्यान छत्रेश्री गाउँपालिका-६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते हुनुभएको छ।

घटनास्थलमा रहनुभएका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको र तुलसीपुरमा सामान्य उपचार पछि हाल जिल्ला बाहिर थप उपचारको लागि घाइतेलाई लैजाने तयारी भएको छ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार, ,  २ : १८ बजे

प्रतिक्रिया दिनुहोस्