हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । केहिबेर अघि सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना रहेका छन् ।यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ ।

गत बर्ष  ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

यसरी हेर्न सकिन्छ नतिजा ?

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।

यसैगरी, www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

www.see.edusanjal.com

www.ekantipur.com

www.theconnectplus.com समेत नतिजा हेर्न सकिने

परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार, ,  ४ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्