हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।अविरल वर्षापछि ढुङ्गा खस्दा राप्ती राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध भएको छ । राप्ती राजमार्गको श्रीनगर कपुरकोट सडक खण्डको त्रिवेणी गाउँपालिका ५ टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

बिहान साढे ७ बजेतिर ठुलो ढुङ्गा झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । सडक अवरुद्ध हुँदा मोटरसाइकल र सानो गाडीहरू पास भएपनि ठुला सवारीसाधनहरू बाटोमा नै रोकिएको उहाँको भनाई छ । बिहानदेखि सडक अवरुद्ध हुँदा ठुला सवारीसाधनमा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । 

सल्यानमा ठुलो ढुङ्गा फुटाउने कुनै साधन नहुँदा दाङ तुलसीपुरबाट ल्याउन लागेको खनालको भनाई छ । दाङबाट  उक्त  साधन आउने बित्तिकै ढुङ्गा फुटाउने कार्य सुरु हुने उहाँले बताउनु भयो । सडक सुचारु हुन ५ /६ बज्न सक्ने प्रहरीको भनाई छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार, ,  ४ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्