हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत। सुर्खेतकी चेली नन्दा बस्यालले कोरियामा स्वर्ण पदक जित्नु भएको छ । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा उहाँले स्वर्ण पदक जित्नु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्यसमेत रहनुभएकि नन्दा बस्यालले इरानलाई फाइनलमा हराउँदै स्वर्ण जित्नुभएको हो। कुल ५७ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दासहितका अन्य खेलाडी भए पनि नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान मा पुग्न सफल हुनुभएको हो।

सुर्खेतबाट कलाकारिताबाट पाइला चालेर सफल बन्नुभएकि बस्यालले सक्रिय खेल जीवनलाई समेत निरन्तरता दिँदै आउनुभएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार, ,  ४ : २४ बजे

प्रतिक्रिया दिनुहोस्