हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ गर्चेमा रहेको जय नेपाल आधारभुत विद्यालयको भवन संगै एक घर पनि पहिरोको उच्च जोखिममा परेको छ । वर्षाका कारण विद्यालयको प्रांगनममा लगाएको मेसिनरी वाल भत्किएपछि दुई कोठे भवन संगै स्थानीय मीन बहादुर बुढाको शौचालयलाई केही क्षती गरेको छ भने उहाको घर पनि जोखिममा परेको छ ।

उक्त विद्यालयका प्रधानाध्यापक डिल्ली रानाले बताए अनुसार करिब १०/१२ मिटर लामो मेसिनरी वाल पहिरोले भत्काएपछि भवन जोखिममा परेको हो ।हाल वर्षे बिदा भएकाले विद्यालय बन्द भएपनि विद्यालय सञ्चालन भएपछि बिद्यार्थीहरुलाइ त्येहा राखेर पढाउन समस्या हुने भएको उहाको भनाइ छ । प्रअ रानाले भन्नु भयो “साना बालबालिकाहरुलाई जोखिमयुक्त भवनमा राखेर पढाउन मिलेन, कतिखेर भवन भत्किन्छ भन्ने डर छ । त्यसमा राख्दा मानवीय क्षति होला भन्ने डर समेत छ नराखौँ कक्षा कोठाको अभाव छ ।


उक्त जोखिममा रहेको बिधालय भवन गत २०६७ मा निर्माण भएको र हाल उक्त भवनको कोठामा कक्षा २ र ३ का विद्यार्थीहरू बस्दै आएकोले अब कहाँ राखेर पढाउने भन्ने चिन्ताले सताउन थालेको बिब्यस अध्यक्ष तिलक बहादुर बुढाले बताउनु भयो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार, ,  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्