हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानका लोकप्रिय आधुनिक पप गायक शेर बहादुर डाँगीको देशभक्तिपूर्ण गीत ‘बीर नेपाली’ बुधबार सार्वजनिक भएको छ । मालारानी क्रियसन युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा शब्द,स्वर तथा संगीत शेर बहादुर डाँगीकै रहेको छ भने उनलाई आवाजमा स्मृती शाही र पुस्पा बोहराले साथ दिएकी छन् ।

‘बीर नेपाली’ शिर्षकको उक्त गीतमा डाँगीलाई अभिनयमा थुप्रै चर्चित कलाकारहरुले साथ दिएका छन् । मरुभूमी नारायणद्धारा छायांकन गरिएको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् । नुवाकोटका बिभिन्न रमनीय भु‐भागमा छायांकन गरिएको उक्त भिडियोले यही देशमा बसेर केहि गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।

भिडियोमा निरेन श्रेष्ठको कोरीयोग्राफी रहेको छ भने निर्देशन दिलिप रेग्मीको रहेको छ ।
‘ गीत संगीतमा सधै मायाप्रेम भन्ने मात्रै हुदैन् , संगीतमा देशभक्तीका कुरा पनि छन् भन्ने देखाउन पनि म त यो रिल जिन्दगीतिर लागेको हो,’ निर्माता,गायक तथा यस गीतका सर्जक डाँगीले सल्यानन्युज सँग कुरा गर्दै भने, ‘ पुरानै पाराको देशको राजनीतिले युवा पलायन दिनदीनै बढ्दै गएको अबस्था एकातिर छ । अर्कोतिर जालझेलपूर्ण राजनीतिले थुप्रैलाई वाक्कदिक्क पारेको यस समयमा झन् देशको राष्ट्रियता महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन पनि मैले देशभक्तिपूर्ण गीतमा मेरो मन फर्कियो । सायद देशलाई माया गर्ने हरेकका लागी एउटा राम्रो गीत बनेको छ ।’

डाँगीले भने ‘यो गीतले आजका युवा खाली प्रदेश जानलाई मात्र जन्मिएका हैनन् ,प्रदेशबाट फर्किएर त्यहाँको सिप जाँगर नेपालकै आफ्नो बाँझो खेतबारी हराभरा बनाउँन समेत सक्षम छन् भन्ने सन्देश दिन्छ ।’

हरेक नेपाली प्रदेशबाट फर्किएर आफुले विदेशमा सिकेको सिपलाई यही नेपाली बाँझो खेत जोत्न देखि पहाड फोरेर अनमोल रत्न किन यही नफलाउने जस्ता भावमा केन्द्रीत छ । ‘नेपालीले नै नेपाललाइ सुन्दर संसार बनाउ आफै किन नलाग्ने ?’ भन्ने नै यस गीत मार्फत सन्देश दिन खोजिएको छ,’उनले भने ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार, ,  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्