हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो ।

बुधबार दिउँसो त्रिवेणी, ६ कोस पिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुख माथि आक्रमण गरेको गाउँपालिकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

रावतमाथी कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारबाहीको माग गर्नुभएको छ।

आफ्नै कार्यकक्षमा बसेर वार्षिक प्रगति विवरण तयार गर्दै गर्दा दिउँसो २ बजेतिर कार्यकक्षमा प्रबेश गरि आफुमाथि आक्रमण भएको शाखा प्रमुख रावतले जानकारी दिनुभयो । उक्त आक्रमणबाट आफ्नो चश्मा फुट्नुका साथै टाउकोमा समेत चोट लागेको जानकारी दिनुभयो।कर्मचारी माथि कुटपिट गर्ने जनकलाई लगत्तै गाउँ प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहामलाई बुझाएको थियो ।

कुटपिट गर्ने जनक माथि प्रहरीमा रावतले ज्यान मार्ने उद्योग सम्बन्धि उजुरी दर्ता गराएको इलाका प्रहरी कर्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर बोहराले जानकारी दिनुभयो।यसैगरी घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार, ,  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्