हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा एक व्यक्तिले लाठीले हानेर आफ्नै आमाको हत्या गरेका छन् ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर-१३, माथिल्लो सल्यानचौर स्थित मंगलबार विहानै लाठीले हानेर छोराले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।माथिल्लो सल्यानचौरका दल बहादुर भण्डारीको छोरा २३ बर्षिय नवीन भण्डारीले ४८ बर्षिय आमा शारदा भण्डारीलाई टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठका अनुसार आमाबुवा सुतिरहेको कोठामा प्रवेश गरेर मंगलबार विहान ४ बजेतिर नबिनले आफ्नै आमाको हत्या गरेका हुन।स्थानीयले घटनाबारे जानकारी दिनेबित्तीकै प्रहरी घटनास्थल पुगेर आमाको हत्या गर्ने   नविन भण्डारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

लाठी प्रहार गरेर आमाको हत्या गर्ने नवीन मानसिक रोगी रहेको स्थानियको भनाइ उदृत गर्दै शारदा नगरपालिका वडा नम्बर -१२ का वडा अध्यक्ष सुरेन्द्र बुढाले बताउनुभयो । यसैगरी १३ नम्बर वडा अध्यक्ष जङ्ग बहादुर बुढाका अनुसार अनुसन्धानको लागी हाल जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सन्तोष खनालको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमै रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार, ,  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्