हामी परिक्षण प्रसारणमा छौ



दाङ ।ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुर दाङ बीच सहुलियत सुविधा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता संगै अव ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका कर्मचारी एवं ग्राहकले राप्ती लाईफ केयर हस्पिटलबाट प्रदान गरीने सवै सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।

यहि साता सम्पन्न भएको सम्झौता अनुसार वर्ल्डलिंकका कर्मचारी एवं ग्राहकले ल्याव इन्भेस्टीकेसन, फुलबोडी चेकअप, माइनर प्रोसिडर, ड्रेसिङ्ग, अप्रेसन चार्ज, एक्सरे, भिडियो एक्सरे, सिटिस्कान, बेड चार्ज, इसिजि, इको, इन्डोसकपि, क्लोनकपि, फिजियोथेरापी सेवाहरुमा १० प्रतिशत छुट पाउने छन् । वर्ल्डलिंकका ग्राहकलाई  उपचारको क्रममा सहुलिएत प्रदान गर्ने उद्देश्यले छुट सम्बन्धी सम्झौता गरिएको worldlink का sales Supervisor सुरेश थापाले जानकारी दिनुभयो ।


सम्झौतामा  worldlink का sales Supervisor सुरेश थापा र राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरि प्रसाद रिजाल संगै अस्पतालका निर्देशक जीवन भण्डारी द्वारा हस्ताक्षर गरिएकाे छ । यो सम्झौता हाललाई एकबर्षको हुनेछ । याे सुविधा worldlink का सम्पूर्ण कर्मचारी, नयाँ तथा पुराना  सम्पूर्ण ग्राहकहरुले पाउने छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार, ,  ६ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्