सल्यान।रुकुमको नुवाकोटबाट नेपालगन्ज जादैँ गरेको फोर्स गाडी सल्यानमा आज दिउँसो भएको फोर्स गाडी दुर्घटनामा परी सल्यानका एक सहित दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते बन्नुभएका दार्मा गाउँपालिका वडा नम्बर-२ ठानागाउँ निवासी बर्ष ३८ का खुम बहादुर केसी (ओम पत खत्री नागरिकता अनुसार) को पौने ५ बजे निधन भएको दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल स्रोतले सल्यानन्युजलाई जानकारी दिएको छ।
यस्तै सोही दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ११ निवासी बर्ष ६० का कमारो कामी रहेको अस्पताल स्रोतले जनाएको छ।
आइतबार बिहान रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी आज दिउँसो कपुरकोट गाउँपालिका-३, आगरखोेलामा दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका १३ जनाको तुलसीपुरमा उपचार भैरहेको छ।
Error generating audio.