हामी परिक्षण प्रसारणमा छौ



सल्यान।उर्जा जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतको जनसम्पर्क सल्लाहकारमा सल्यानका तिलकराज भण्डारी नियुक्ति हुनुभएको छ । भण्डारी अखिल (क्रान्तिकारी) का पुर्व उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत हुनुहुन्छ।

शक्ति बहादुर बस्नेत माओवादी केन्द्रबाट गठबन्धनको तर्फबाट गत निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसंगै बर्तमान प्रचण्ड नेतृत्व सरकारको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाउनु भएको थियो।

बस्नेतले यसअघि विसं २०६८ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, विसं २०७२ मा गृहमन्त्री र २०७४ मा वन तथा वातावरणमन्त्रीको रुपमा काम गरिसक्नु भएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार, ,  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्