सल्यान। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ ८० जना शाखा अधिकृतलाई गाउँपालिकामा खटाएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार नयाँ शाखा अधिकृतहरुलाई खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाले जनाएको छ।

जस अनुसार सल्यानको त्रिबेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खुम बहादुर के.सी.लाई मन्त्रालयले कामकाजका लागी खटाएको छ। यसअघि त्रिबेणी गाउँपालिकामा राम बहादुर बुढाले उक्त जिम्मेवारीको कामकाज गर्दै आउनुभएको छ।

Error generating audio.

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार, ,  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्