सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समिति अध्यक्ष प्रतीक ईच्छुक शर्माकाे अध्यक्षता पार्टी उपमहासचिव तथा कर्णाली ईन्चार्ज मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यतामा सेन्टरकाे भर्चुअल बैठक सम्पन्न भएको हाे।
पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईज्चार्ज महेन्द्र बहादुर शाही,पार्टीको कर्णाली अध्यक्ष विमला केसीकाे बिशेष उपस्थिति रहेकाे बैठकले सेन्टरका १० जिल्लामा ईन्चार्ज ताेक्नुकाे साथै पार्टीकाे ३ महिने अभियानलाई सफल बनाउने निर्णय गर्दै संगठनकाे ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेकाे छ।

बुधबार बसेको बैठकले कर्णाली प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा देवीराम देवकोटा,केन्द्रीय सदस्य अमर सुनार र ललित गाहा मनाेनित हुनुभएकाेमा उहाँहरुलाई बधाई दिएको छ ।
आजकाे प्रदेश समितिकाे भर्चुअल बैठकबाट सेन्टरकाे जिल्ला ईन्चार्जकाे जिम्मेवारी पाउनु हुनेहरुको नामावली सार्वजनिक गरेको छ।

जसअनुसार सल्यान जिल्लाको नयाँ इन्चार्जको रुपमा केन्द्रीय सदस्य दीपक शर्मालाई तोकेको छ।
हेर्नुहोस् :जिल्लाका नयाँ इन्चार्ज –
सल्यानः दिपक शर्मा
रुकुम पश्चिमः मेघराज खडका
जाजरकोटः हेमन्त केसी
सुर्खेतः ललित गाहा
दैलेखः लाेकेन्द्र पाैडेल
जुम्लाःसुरज सिहं
डाेल्पाः रुपक कुलाल
मुगुः डिल्ली तिवारी
Error generating audio.