हामी परिक्षण प्रसारणमा छौ



२९ माघ । तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका अनुप कुमार श्रेष्ठ र नेपाली काँग्रेस निकट थप ३ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै बाणिज्य  संघको निर्बाचन माहोल झनै तात्तिएको छ ।

 

बुधबार दिउँसो दुई बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । बुधबार अध्यक्षका प्रत्यासी अनुप कुमार श्रेष्ठ र बिहिबार बिहान बाणिज्य संघको सह–कोषाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हेमेन्द्र खड्का, सदस्य पदमा उम्मेदवारी दिएका दूर्गाबहादुर खड्का र महिला सदस्य पदमा उम्मेदवारी दिएकी यमकुमारी घिमिरेले संयुक्त बिज्ञप्ति मार्फत नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएर चुनाब प्रचार प्रसारमा लागिसकेका छन् ।

यो समिकरण फेरियसंगै बाम्पन्थी प्यानल अध्यक्षका उम्मेदवार रामप्रसाद चालिसको नेतृत्वमा बिहिबार बिहानदेखि तिब्र रुपमा निर्बाचन प्रचार प्रसारमा लागेको निर्वाचन प्रचार प्रसार समितिका दिपक बोहराले सल्यानन्युजलाई जानकारी दिए ।

बोहराका अनुसार बामपन्थी प्यानलको तर्फबाट अध्यक्षमा रामप्रसाद चालिसे, उपाध्यक्ष (उद्योग) यज्ञबहादुर केसी,उपाध्यक्ष (बाणिज्य) मिनराज भण्डारी,उपाध्यक्ष (खुला) मा रुपबहादुर खत्री चुनाबी मैदानमा होमीएका छन् । यसैगरी सचिवमा वेदप्रसाद ओली,सह‐कोषाध्यक्षमा टेकप्रकाश केसी चुनाबी मैदानमा उत्रिएका छन् ।

यस्तै सदस्यहरुमा नविन राई,चन्द्रबहादुर परियार,कोमल डिसी,दुर्गाप्रसाद भुषाल र चक्रप्रकाश नेपाली बामपन्थी प्यानलको प्रतिनिधित्व गर्दै चुनाबी प्रतिस्पर्धामा रहेका छन् । यस्तै गंगा खड्का ओली र निर्मला भुषाल महिला सदस्यको रुपमा बामपन्थी प्यानल मार्फत चुनाब लड्दै छन् ।

 

महासचिव र कोषाध्यक्ष पदमा सबैलाई समेट्ने भन्दै अन्यलाई छोडेको यो प्यानलले आफुहरुका सबै उम्मेदवार ‘ब्यावसायिक एकता,आजको आवश्यकता’ मूल मन्त्र मान्दै चुनावमा लागेकोले सबैले जित्ने दाबी गरेको छ । निर्वाचन प्रचार प्रसार समितिका अनुसार आज बामपन्थी प्यानलका उम्मेदवारहरुले आज तुलसीपुर बजार आसपासमा घरदैलो गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार, ,  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्