सल्यान । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सल्यानले तिन महिने भ्रष्टाचार बिरुद्ध जागरण तथा संगठन बिस्तार अभियान सल्यानमा सुरु गरेको छ।

अभियान अन्तर्रगत अखिल क्रान्तिकारीका केन्द्रिय सचिबालय सदस्य राजेन्द्र भन्डारी र सल्यान जिल्ला संयोजक रमेश बि सि को उपस्थितमा शिबजन माबिमा सीता नेपालीको अध्यक्षतामा ३७ सदस्यीय मा बि  मुल एकाइ कमिटी गठन गरिएको छ।

जसको उपाध्यक्षमा नबराज के सि र जीवन राना,सचिवमा बिकाश थापा,सह सचीवमा नवीन बुढाथोकी,कोषाध्यक्षमा खुमा पुन लगायत ३७ सदस्यीय कमिटी चयन गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिबालय सदस्य राजेन्द्र भण्डारीले सल्यानन्युजलाई जानकारी दिनुभयो।

यसैगरी ‘जन जनमा माओवादी मन मनमा माओवादी`मुल नारा सहित माउ पार्टी माओवादी केन्द्र तिन महिने अभियानमा लाग्दा यता बिद्यार्थी संगठन अखिल क्रान्तिकारि पनि भ्रष्टाचार विरुद्ध तथा संगठन बिस्तार नारा सहित गत मंगलबार देखि  सुरु गरेको अखिल क्रान्तिकारी सल्याननका जिल्ला संयोजक रमेश बि.सीले जानकारी दिनु भयो ।


Error generating audio.

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार, ,  १० : ४३ बजे

प्रतिक्रिया दिनुहोस्