हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको कुमाख गाउँपालिकाले नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । 

जनप्रतिनिधिहरुको आन्तरिक कलहका कारण असार १० भित्र बजेट ल्याइसक्नु पर्ने कानूनी बाध्यता भएपनि केहि ढिलो गरि शुक्रबार मात्र पालिकाले बजेट ल्याएको हो ।  

शुक्रवार बसेको १४ औँ अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ को लागि ५८ करोड २४ लाख  ७१ हजार ८ सय ९८ रुपैयाँको बजेट विनियोजन गरेको छ। 

गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले प्रस्तुत गरेको निति कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,पुर्वाधार,धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।यस्तै पालिका उपाध्यक्ष लालबहादुर रावतले आर्थिक विधेक,विनियोजन विधेयक र बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।गत असार १० गते सम्म ल्याइसक्नुपर्ने बजेट जनप्रतिनिधिको आन्तरिक कलहले अन्तिम समयमा रोकिएको थियो।

कर्णाली प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको प्रमुख आतिथ्यतामा अधिबेशनको उद्घाटन गरिएको थियो।

जिल्ला समन्वय समिति सल्यानका उप प्रमुख असविर बुढाथोकी, गाउँपालिकाका निवर्तमान अध्यक्ष दिलमाया बुढामगर लगाएतको उपस्तिथिमा  भएको उक्त कार्यक्रमको संचालन योजना शाखा प्रमुख मान बहादुर बुढाथोकीले गर्नुभएको कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार, ,  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्