हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको ध्यानाकर्षण पत्र सार्वजनिक भएको छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले हिजो आइतबार एक ध्यानाकर्षण पत्र सार्वजनिक जारी गर्दै  कर्मचारीको सरुवा नियमित प्रक्रिया भएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८० श्रावण २४ गतेको निर्णय अनुसार नगरपालिकामा उप-सचिवलाई सरुवा गरिएको र अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृतको २०८० श्रावण २५ गतेको निर्णय अनुसार सरुवा भएको उल्लेख गर्नुभएको छ ।

बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमको कार्यकाल १ वर्ष पनि पूरा नभएको, सरुवाका लागि निजले निवेदन पनि पेश नगरेको र नगरपालिकाको तर्फबाट समेत सरुवाका लागि कुनै आधिकारिक पत्राचार नगरेको अवस्थामा भएको सरुवा आफैंमा शंकास्पद रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यस्तै,नगरपालिकामा कार्यरत कर्मचारी विशाल वलीको काज फिर्ता भएको सत्य भएको तर उक्त समयमा उहाँको श्रीमति  लडेर ढाडमा समस्या भएकोले हेरचाह गर्न केही समयका लागि काजमा खटिएकै स्थानमा रही कामकाज गर्न पाउ भनी कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएकोले रमाना नलिई बस्नुभएको जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यसैगरी निहित स्वार्थको बहानामा कर्मचारीको सरुवा गरि दुःख दिने मनसाय राखि कार्यालयलाई अस्थव्यस्त बनाउने उद्देश्यले सामाजिक सञ्जालमा दुष्प्रचार गर्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै,त्यस्ता फेक आईडी तथा ग्रुप बनाई कार्यालयका कामकारवाहीको विषयमा कार्यालयलाई नै हानी पुग्ने गतिविधि उपर विशेष निगरानी भएको हुँदा कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने समेत नगर प्रमुख गाैतमले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आइतबार जारी गरेको हेर्नुहोस् ध्यानाकर्षण पत्र :

माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण !
यसैबीच बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले हिजो आइतबार एक ध्यानाकर्षण पत्र सार्वजनिक पत्र प्रति माओवादी केन्द्र बागचौर नगर कमिटीले कडा आपत्ति जनाउँदै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शोमबार आज बिहान सामाजिक सन्जाल फेसबुक मार्फत माओवादी केन्द्र नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ।

माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण हेर्नुहोस् :

विषय : ध्यानाकर्षण भएको सम्बन्धमा ।


मिति २०८०/०५/२४ गते बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको हस्ताक्षरित विज्ञप्ति प्रति हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र) बागचौर नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
भत्काउने र बिग्राने जति काम आफुहरुले गर्ने अनि दोष जति अरुलाई थुपारेर उम्कने प्रयास जो भैराखेको छ यस्ता कुराहरुको भ्रममा नपर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछौं । ६८ जना शिक्षको जागिर फाल्दिएर अहिलेसम्म विद्यार्थी पढाइ अस्तव्यस्त बनाउने, २०८०/०८१ मा घाटा बजेट ल्याउने तर करोडौंका गाडी, मोटर किनेर नगरपालिका छेउमा थन्क्याएर राख्ने, आफुहरुले मनपरि, मनोमानी ढंगले काम गर्नलाई सरुवा भएका कर्मचारीलाई पनि पटकपटक थमौटी गरेर राख्न खोज्नुको अर्थ र तात्पर्य के हो त्यो तपाई हामी सबैले सजिलै बुझ्न सक्छौ ।

नगरपालिकाभित्र हुने गरेका जति पनि ज्यादतीहरु र गलत कार्यहरु छन त्यसमा नगर प्रमुखको नेतृत्वमा भैराखेको कुरा सर्ववितित्तै छ त्यसैले बागचौर नगरपालिकाका आम जनसमुदायहरुले यसको विरुद्ध लाग्न अनुरोध गर्दछौ । साथै काङ्ग्रेसमा आस्था राख्ने तर कर्मचारी बनेका राजनीतिकको खोल ओडेर बस्नु भएका कर्मचारी हुनुहुन्छ कि नेता  ? उहाँहरुले पनि आफ्नो अस्तित्व नभुल्न हुन र कर्मचारीलाई कर्मचारीको ठाउँमा राख्नु हुन बागचौर नगरपालिकालाई विशेष अनुरोध गर्दछौ ।

निर्वाचनको आचारसहिताको बेला कर्मचारी सरुवा  गर्नु गराउनु वा राज्नैतिक दवाबका कारण समायोजन भयको तहनै असर पर्ने गरि  ,दरबन्दी नमिलेको  ठाँउ मा पहुच र शक्तिको आडमा आफ्नो पार्टीमा आस्थावान भयकै कारण  कर्मचारी सरुवा गर्नु  फरक आस्था भयकै कारण कर्मचारीको मनोबल कमजोर पार्ने गरि पटक पटक गरियका कर्मचारी सरुवा प्रती पनि गम्भीर ध्यानाकर्षण गरिन्छ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार, ,  २ : २० बजे

प्रतिक्रिया दिनुहोस्