हामी परिक्षण प्रसारणमा छौ



सल्यान । “स्वास्थ्य लागी खेलकुद राष्ट्रका लागी खेलकुद”भन्ने नारा सहित श्री कृष्ण जन्मास्टमीमा सल्यान बनगाड कुपिण्डे नगरपालिका -१ देवस्थलमा लाग्ने पौरानिक इतिहासिक एवम् धार्मिक देवस्थल मेलाको अवसरमा जनकल्याण युवा क्लब सल्लीबजारको आयोजनामा गत २० गते देखि हिजो आइतबार ४ दिन सम्म चलेको फुटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ प्रतियोगिताको उपाधी रोयल एफसि घाटगाउँ सुर्खेतले चुमेकोछ । भने उप-बिजेतामा आयोजक जनकल्याण युवा क्लब सल्लिबजार सल्यानले चित्त बुझाएको थियो ।

प्रतियोगितामा प्रथम हुने रोयाल एफसिले नगत १ लाख १ सय एघार सहित कप मेडल प्रमाणपत्र प्राप्त गर्यो भने उप बिजेता आयोजकले नगत ६१ हजार ५ सय पच्पन्न सहित मेडल कप र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष सन्देश यरिले जानकारी दिनुभयो । खेल १ को विरुद्ध २ गोल गर्दै रोयल एफसिले बिजय हासिल गरेको हो । खेल अन्तिमका निकै प्रतिस्पर्धात्मक भएको थियो भने खेल हेर्ने हजारौं दर्सकको उपस्तिथि रहेको थियो ।

उपबिजेता बनेको जनकल्याण युवा क्लब सल्लिबजार सल्यानको टिम।

प्रतियोगितामा सल्यान सहित छिमेकी जिल्लाहरुका गरि जम्मा २२ टिमले सहभागीता जनाएका थिए । आयोजक जनकल्याण युवा क्लबको लगानी र केही अन्य समाजसेबिहरु केही ब्यक्तिहरु बाट सहयोग प्राप्त गरेर युवाहरुको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको बताइएको छ ।

समापन कार्यक्रममा वडा न.१का वडा अध्यक्षथुम बहादुर बि.सी. र ६ नम्बर वडा अध्यक्ष गणेश बिसि लगायतको उपस्थितमा बिजयी खेलाडीहरुलाइ पुरस्कार बितरन गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार, ,  ३ : १० बजे

प्रतिक्रिया दिनुहोस्