हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्युु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका-२,धामिढुंगा स्थिति शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार राति खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुति रहेको बिस्तारामा आगो सल्किन गई जलेर उनिहरुको मृत्यु भएको स्थानीयको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार, ,  ११ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्