हामी परिक्षण प्रसारणमा छौ



सल्यान । माओवादी केन्द्रले चलाएको आफ्नो तिन महिने कार्यक्रम ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’अन्तर्रगत शनिबार कपुरकोट गाउँपालिका वडा नम्बर-३, को फलाटेमा श्रमदान कार्यक्रम सम्पन्न गरेको छ ।

बाढीका कारण खोलाले बगाएर आवतजावतमा परेको गम्भीर समस्या श्रमदान मार्फत भत्किएको संरचना निर्माण गरी सुचारु गराएको स्थानीयको भनाइ रहेको छ। श्रमदान पश्चात भएको कोणसभामा पार्टीको तर्फबाट कपुरकोट गाउँपालिका वडा नबर ३ का इञ्चार्ज भीम कुमाखीले जनतासँग माओवादी हिजो संगसंगै थियो, आज पनि छ र भोली पनि जनतासँग नै हुने बताउनु भयो।

कुमाखिले जनताको अधिकार प्राप्तिका लागि जुनसुकै जुलुम पनि उठाउन सक्ने ल्याकत माओवादीमा मात्र रहेको उद्घोष गर्नुभयो । उहाँले जनतासँगको सहकार्यको एउटा महत्त्वपूर्ण पक्ष अहिले चलिरहेको जनश्रम र श्रमदान भएको बताउनु भयो।

माओवादी केन्द्र कपुरकोट गाउँपालिका उपाध्यक्ष शेरबहादुर पुन, जिल्ला समन्वय समिति सदस्य पवन कार्कीले अभियानको विषयमा आ आफ्ना धारणा राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण वडा अध्यक्ष नरेश घर्तीले गर्नु भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार, ,  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्