हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

शोमबार विहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका-३, चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन ।

अनुसार सोही दुर्घटनामा परी घाइते हुनेमा दाङ तुल्सिपुर उपमहानगरपालिका-२ बस्ने वर्ष ३५ का नारायण योगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

जीप अनियन्त्रित भइ सडकबाट साढे तीन सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार, ,  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्