हामी परिक्षण प्रसारणमा छौ



दाङ ।लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराईएको हो ।अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैँया उपलब्ध गराउनु भएको हो ।

सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए ।उनीहरु प्रत्येक बर्ष तिज, दशै तथा तिहारमा सरकारसंग माग गर्ने गरेका छन् । केही दिन देखी राउटे मुखियाको टोली दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । त्यस असरमा मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार, ,  ४ : १३ बजे

प्रतिक्रिया दिनुहोस्