हामी परिक्षण प्रसारणमा छौ



सल्यान । शारदा नगरपालिकाले नगर भित्रका १६ विद्यालयलाई स्मार्ट टिभि वितरण गरेको छ ।

मंगलबार आज नगर प्रमुख प्रकाश भण्डारीले १६ थान स्मार्ट टिभि वितरण गर्नुभएको हो ।नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सानुबाबु अधिकारी, शिक्षा शाखा प्रमुख संगिता बुढा, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थितीमा नगरका विभिन्न १६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभि वितरण गरिएको हो ।

नव प्रवर्तन साझेदारी कोष पठन सिपमा सुधार कार्यक्रम अन्तर्गत प्रविधिमैत्री शिक्षण सिकाई लाई जोड दिदै बालबालिकालाई श्रब्य दृष्य सामाग्रीहरु मार्फत पठन पाठन गराउने उद्धेश्यले नगरपालिकाले स्मार्ट टिभि वितरण गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गत वर्ष पनि शारदा नगरपालिकाले नगरका विभिन्न १४ वटा विद्यालयमा ल्यापटप वितरण गरेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार, ,  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्