हामी परिक्षण प्रसारणमा छौ



सल्यान । शारदा नगरपालिका वडा नम्बर-१४, पश्चिम माल्नेटा स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रको नब निर्मित भवनको उदघाटन गरिएको छ ।बिहिवार एक कार्यक्रमका बिच नगर प्रमुख प्रकाश भण्डारी र उप प्रमुख सुस्मिता सापकोटाले संयुक्त रुपमा भवनको उदघाटन गर्नु भएको हो ।

उदघाट्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख प्रकाश भण्डारीले वडा नम्बर १४ का जनताहरुलाई सहज स्वास्थ्य सेवा दिन नगरले आबस्यक श्रोत साधनको उचित ब्यबस्थापनमा कुनै कसर बाकी नराख्ने बताउनु भयो । उहाँले स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गा दाता कृष्ण शाहलाइ धन्यवाद दिनु भयो ।

वडा अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि उप प्रमुख सुस्मिता सापकोटा सुनार, अतिथिहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सानुबाबु अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष लिला बहादुर रोका, वडा नम्बर १५ का वडा अध्यक्ष लोकमान बुढाथोकी,नगरका शिक्षा शाखा अधिकृत लिलाधर बबाल, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमाल, योजना अधिकृत केशब बहादुर बुढाथोकी,इन्जिनियर खकेन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडाका कर्मचारीहरु लगायत स्थानीय वासिन्दाहरुको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार, ,  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्