हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानको कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको हो।

शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले जानकारी दिनुभयो । यसैगरी सोही दुर्घटनामा परि मृत्यु  हुनेमा तुलसीपुर  उपमहानगरपालिका- ६ कि सुमित्रा  सुनार  र सल्यान  त्रिवेणि गाउपालिका-६ कि अनिता बोहरा रहेको  जिल्ला प्रहरी  कार्यालय  सल्यानले जनाएको  छ । 

घटना स्थिलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गररिहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार, ,  ४ : १३ बजे

प्रतिक्रिया दिनुहोस्