हामी परिक्षण प्रसारणमा छौ



१ फागुन, सल्यान । प्रचण्ड‐माधव नेकपा समूहले शनिवार २६ औं जनयुद्ध दिवस देशभर मनाउने क्रममा सल्यानमा पनि विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

जनयुद्ध दिवसको अबसर पारेर शनिबार नेकपाले जिल्लाको बागचौर नगरपालिकामा चियापान तथा नगर पार्टी कार्यालयको उद्घाटन गरेको छ । नगर पार्टीले आयोजना गरेको कार्यक्रममा नेकपा प्रचण्ड‐ माधव समूहका कर्णाली प्रदेश कमिटी सदस्य एवंम् सल्यान क्षेत्र नं. १ का ईञ्चार्ज कृति बहादुर पुन (प्रकाण्ड) ले कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धलाई सबैले सम्मान गर्नुपर्ने बताए ।

उनले भने,‘अहिले सम्म भएका परिवर्तको एउटा खम्बा बनेको जनयुद्धलाई सबैले सम्मान गर्नुपर्छ,शहिदको बलिदानी र घाइते ब्यवत्ता लगायत सबैको त्याग तपस्याकै कारण देश यो अबस्थामा आइपुगेको हामिले भूल्न हुदैन ।’ पुनले अहिलेको अबस्थामा पार्टी कार्यालय स्थापना गर्नु निकै महत्व राख्ने भन्दै यसले प्रतिगामी तत्वहरुलाई यो क्षेत्रमा सवक सिकाउने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख एवम् सल्यान‐रुकुम यातायात समितिका पुर्व अध्यक्ष समेत रहेका नेकपा नगर सचिव लोकमान बुढाथोकीले शहिदले गरेको योगदानकै कारण देशले संघीयता प्राप्त गरेको भन्दै सहिदले देखाएको बाटो कसैले पनि भुल्न नसक्ने वताए । नगर कमिटी अध्यक्ष ज्ञानेश्वर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा प्रदेश र जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार, ,  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्