हामी परिक्षण प्रसारणमा छौ



माक्र्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेशको भेला भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । ज्ञान केन्द्रका केन्द्रिय अध्यक्ष मनहरी तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ज्ञान केन्द्रका बरिस्ठ उपाध्यक्ष बिश्वेस्वर कट्टेल,सचिव रेशमकुमार अधिकारी लगाएतका अतिथिहरुको उपस्तिथि रहेको भियो ।

हिजो भएको उक्त भेलाले जयशङ्कर धिताल अध्यक्ष र रबिकिरण ओली सचीव रहेको ११ सदस्यीय ( ३ पछि थप्ने गरि ) माक्र्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेश समिती गठन गरेको छ । भेलामा बधाइ तथा शुभकामना दिदै बरिस्ठ उपाध्यक्ष बिश्वेस्वर कट्टेलले ज्ञान केन्द्र कम्युनिस्ट पार्टीमा आस्थावान र माक्र्सवाद बुझ्न बुझाउन चाहने सबैको साझा संस्था रहेकोले आ आफ्नो क्षेत्रबाट सबैले योगदान गरि समाजवादी यात्रालाइ सफल बनाउनु पर्ने बताउनु भएको छ ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष जयशङ्कर धितालले ज्ञान केन्द्र समाज रुपान्तरणको पाठशाला भएको र यसले बैचारिक खुराकको माध्यमबाट कम्युनिस्ट पार्टीमा आस्थावान सबैलाइ रुपान्तरण गर्न सहयोग पुर्याउने बताउनु भयो ।
कर्णाली का सबै जिल्ला र पालिकामा भौतिक उपस्थितिमा माक्र्सवादी स्कुलिङ संचालन गर्ने पनि बताउनु भयो ।

प्रताप रोकायको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजीकरण रविकिरण ओलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार, ,  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्