हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको शारदा नगरपालिकाले प्लाष्टिकका फूलमालाको बिक्रिमा प्रतिवन्ध लगाएको छ ।

तिहार पर्व नजिकिदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रिमा सहजताका लागि पालिकाले प्लाष्टिकका फूलमालामा प्रतिबन्ध लगाएको जनाएको छ। नगरपालिकाद्वारा जारी गरिएको सुचनामा भनिएको छ ‘नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्रिवितरण वा भण्डारण नगर्नु हुन सबैमा अनुरोध गर्दछौँ ।’

यसअघि नगर भित्र हुने हरेक कार्यक्रममा प्लास्टिकका भन्दा स्थानीय स्तरमा उत्पादन गरिएका फूलका मालालाई बिशेश जोड दिदै आउनुभएका नगर प्रमुख प्रकाश भण्डारीको यसपटकको निर्णयलाई आफुहरुले सकारात्मक रुपमा लिएको स्थानीयको भनाइ छ। प्लास्टिकका फूलमाला स्थानीय बजारमा बिक्रि वितरणमा रोकको माग गर्दै आएकाहरु स्थानीय सरकारको समर्थन पाएपछि भने यतिबेला खुसी भएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार, ,  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्