हामी परिक्षण प्रसारणमा छौ



सल्यान,२० कार्तिक ।

जिल्लाको बागचौर नगरपालिका वडा नं ५ ले फोहोर राख्ने भाँडो अर्थात् डस्टविन वितरण गरेको छ । आज वडाको बाँङ्गेलाखुरी बजारमा त्यहाँका हरेक पसलहरुलाई डस्टविन वितरण गरिएको वडा अध्यक्ष जोगेन्द्र वली ले जानकारी दिनुभएको छ ।


अध्यक्ष वलीले वडा नं. ५ का हरेक स्थानमा रहेका पसलहरु सबैलाई डस्टविन वितरण गरिने बताउनुभयो ।

वलीका अनुसार पहिलो चरणमा वडाको ठूलो बजार बाँङ्गेलाखुरी भएका कारण बाङ्गेलाखुरीबाट वितरण गरिएको र यो प्रक्रिया वडा भित्र रहेका सबै पसललाई १-१ वटाका दरले वितरण गरिने भएको छ ।उहाँका अनुसार फोहोर व्यवस्थापन का लाागि डम्पिङ साईट को व्यवस्था पनि छिट्टै हुने भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार, ,  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्