२१ कार्तिक,सल्यान

कर्णाली प्रदेश सरकारले सल्यानमा भूकम्पबाट पिडितहरुलाई राहत उपलब्ध गराएको छ ।

भूकम्पबाट सल्यानमा क्षतिका दृष्टिकोणले सबै भन्दा बढि क्षति भएको दार्मा गाउँपालिकामा प्रदेश सरकारले भूकम्प पिडितहरुकाे लागि ३०० थान त्रिपाल ,२५० थान कम्बल, २० थान टेन्ट, ३ रोल (पि फम) राहत सामग्री पठाएको छ।

यस अघि भूकम्प बाट भएको भाैतिक क्षति लाई स्थलगत मुल्यांकन गरि प्रदेश विपद ब्यबस्थापन समिति र प्रदेश सरकारकाे निर्णय अनुसार सल्यान जिल्लामा जिल्ला बिपद ब्यबस्थापन समितिमा आवश्यक राहत सामग्री उपलब्ध गराईसकेको छ।

भूकम्प पिडितकाे लागि राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश सरकारले कृषि मन्त्री भिम प्रकाश शर्मा लाई सल्यान र रुकुम हेर्ने गरि जिम्मेवारी दिइएकाे छ।

आज पनि दार्माका विभिन्न स्थानमा राहत उपलब्ध गराउने काम भईरहेको छ ।

यता दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी. ले आफुहरु अहोरात्र उद्दार पछि राहतमा सम्पूर्ण जनप्रतिनिधि हरु लागिरहेको बताउनुहुदै आवश्यक राहतका लागि पालिकाले माग तथा आह्वान गरेको जनाउनुभएको छ ।

Error generating audio.

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार, ,  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्