हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । भूकम्प प्रभावित क्षेत्र जाजरकोट,रुकुम पश्चिम र सल्यानमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले झन्डै तीन हजार बढी भोलिन्टियर खटाउने भएको छ ।

हिजो शनिबार बसेको कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रत्नबहादुर वलीले बताउनु भयो ।  

माओवादी केन्द्रका अनुसार प्रत्येक जिल्लाहरूबाट आएको विशेष टोलीलाई  प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिने छ । प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने कामहरू गर्ने माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार, ,  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्