हामी परिक्षण प्रसारणमा छौ



सल्यान । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानकाे केही महिना अघि सम्पन्न अधिवेशनवाट निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र हस्तान्तरण तथा,वैठक आज श्रीनगरमा सम्पन्न भएकाे छ।

संगठनका अध्यक्ष दिपा वलीकाे अध्यक्षता तथा पार्टी जिल्ला कमिटी सचिव रमेशकुमार गाैतमकाे प्रमुख आतिथ्यता, संगठनका केन्द्रीय सदस्य चक्रपाणी गाैतमकाे विशिष्ट आतिथ्यतामा भएकाे वैठकमा संगठनका प्रदेश अध्यक्ष सिखर यरी पेशागत महासंघ सल्यानका अध्यक्ष सुर्य नारायण शर्माकाे समेत विशेष उपस्थिति रहेकाे थियाे।

उपाध्यक्ष रूपलाल भन्डारीकाे स्वागत मन्तव्य रहेकाे वैठककाे संचालन सचिव विक्रम वाेहराले गर्नुभएकाे थियाे । वैठकले केही पालिकामा बाँकी रहेकाे अधिवेशन र अरू पालिकामा भेला गर्ने गरि १० वटै पालिकामा कार्यक्रम तय गरेकाे छ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार, ,  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्