हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर ,१ फागुन । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदान कार्य शनिबार साँझ सकिएको निर्वाचन समितिले जनाएको छ ।

आज विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ साढे ६ बजे मात्र मतदान सम्पन्न भएको थियो ।
उद्योग बाणिज्य संघमा एकहजार ८ सय ६ जना मतदाता रहेकोमा १६५९ मात्र मत खसेको निर्वाचन समितिले जनाएको छ । जसमध्ये १ सय ४५ जनाले मतदान नगरेको निर्वाचनले जनाएको छ ।

उवासंघमा शनिवार सम्पन्न निर्वाचनमा विभिन्न २७ पदकालागि प्रजातान्त्रीक,व्यवसायिक र स्वतन्त्र गरी ४१ जना उम्मेदवारले भाग लिएका छन् ।
निर्वाचनको मतगनना अहिले राती ९ बजेदेखी सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार, ,  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्