हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको कालिमाटीलाई कफि उत्पादन पकेट क्षेत्र  बनाउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनुभएको छ।

माओवादी केन्द्र कालिमाटी गाउँ समितिकाे आयोजनामा आयोजित संकल्प सभालाई सम्बाेधन गर्दै मन्त्री शर्माले हाललाई कालिमाटी गाउँपालिका वडा नम्बर २ ,३ र ४ को धेरैजसो क्षेत्र कफि उत्पादनकाे राम्रो क्षेत्र भएकोले कालिमाटीलाई कफि उत्पादन पकेट एरिया बनाउन प्रदेश सरकार तयार भएको  बताउनु भएकाे हाे।

मन्त्री शर्माले भन्नुभयो ,’अहिले नागरिकलाई पैसा कमाउने माध्यम चाहिएकाे छ,सरकारले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नु पर्छ। त्यसैले अवकाे समृद्धिकाे यात्रामा जनतालाई उत्पादन र राेजगार संग जाेड्न कर्णाली प्रदेश सरकार तयार छ।’

मन्त्री शर्माले कालिमाटी बाख्रा, अदुवा, बेसार ,टिमुर र तरकारी  वाली संगै अन्य कृषि उत्पादनको लागि राम्रो क्षेत्र भएको बताउदै यस क्षेत्रका नागरिकको आर्थिक समृद्धि कृषिबाट नै सम्भव  बताउनु भयो । स्थानीय सरकारले प्रदेश सरकार संग समन्वय गरि यस क्षेत्रकाे कृषि बिकास गर्न तदारुकता देखाए प्रदेश सरकार हातेमालोको लागि तयार भएको बताउनुभयो ।


यस्तै,घर घरमा माओबादी ,जन जनमा माओबादी भन्ने मुल नाराका साथ सुरु गरिएको पार्टी विशेष रूपान्तरण अभियानको निरन्तरतामा कालिमाटीमा संकल्प सभा विभिन्न नृत्य र झाँकिसहित भब्य रुपमा सम्पन्न भएको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा अभियानको पालिका इन्चार्ज दिलमाया बुढाले जानकारी दिनु भयो।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार, ,  ९ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्