हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा आइरहेको द्रुत बस सेवाको अनुगमन गर्नुभएको छ।

भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताउनु भयो। शुक्रबार भक्तपुरको सुर्यविनायकदेखि जडिबुटीसम्म मन्त्री ज्वाला आफै सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गर्न निस्कनु भएको थियो।

उक्त अनुगमन कार्यक्रममा मन्त्री ज्वाला सहित, मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धबप्रसाद रिजाल लगायतको उपस्थिति  रहेको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार, ,  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्