हामी परिक्षण प्रसारणमा छौ



दाङ । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका दाङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शुक्रबार राप्ती गाउँपालिका वडा नं.९ देविकाेटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ परिक्षण उडान गरिएको छ।रिडी राप्ती ग्रुप प्रा.लि.काे आयोजनामा परिक्षण उडान गरिएको हाे।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर ,राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट,वडा नं.४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी,महिला नेतृ दिल कुमारी राेका,प्रालिका अध्यक्ष मान बहादुर बुढा मगर लगायतले १० वटा प्याराग्लाइडिङबाट उडान गर्नु भएको थियो ।

त्यस्तै पर्यटन विकासकाे लागि पाेखरा पछिकाे उत्कृष्ट प्याराग्लाइडिङकाे रुपमा लुम्बिनी प्रदेशकै नमुनारुपमा चिनाउने गरि प्याग्लाइडिङकाे सुरुवात गर्न लागिएको रिडी ग्रुपका अध्यक्ष मान बहादुर बुढा मगरले बताउनु भयो ।

पर्यटनलाई अझै फराकिलो र राजधानी क्षेत्रमै नयाँ मनाेरञ्जनलाई मध्यनजर गर्दै डाँडा,काँडामा रमाउन र फाट हेर्न मनै लाेभ्याउने राप्ती नदी बङ्गलाचुली भारतका केही भूभागहरु देखिने ठाउँको रुपमा देवीकाेट देखिन्छ । गर्मी याममा सितलता सिरेसिरे हावा चल्ने र युवा युवतीहरु रमाउने गन्तव्यकाे रुपमा देवीकाेटकाे डाँडालाई मनाेरञ्जनकाे रुपमा लिन सकिन्छ ।

त्यस्तै याे एउटा पर्यटन विकासकाे रुपमा महत्त्वपूर्ण भूमिकाकाे रुपमा प्याराग्लाइडिङलाई लिएकाे छ ।प्याराग्लाइडिङ उडानको लागि विदेशी पाइलट र पाेखराबाट बिहीबार बेलुका देउखुरीमा आउनु भएको थियो । उनिहरु १५ गते उडानकाे तयारी संगै आकासमा उडान गरि राजधानी वरिपरिकाे आकासमा उड्ने ग्रुपले जानकारी दिएकाे छ ।

उक्त अवसरमा प्रालिद्वारा निर्माण हुन लागेको राप्ती एग्रो रिसोर्टको समेत शिलान्यास गरिएकाे छ ।रिसोर्टको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हाे।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार, ,  ५ : १२ बजे

प्रतिक्रिया दिनुहोस्