हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि मंगलवार सल्यानको बनगाड कुपण्डे नगरपालिका- १ सल्लीबजारमा आउने हुनु भएको छ ।

एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सम्बन्ध स्थानीय सन्देश रास्ट्रिय मध्यपहाडी लोकमार्ग संकल्प यात्रा अन्तर्गत भोली मङ्सिर १९ गते मंगलवारका दिन सल्यानको सल्लीबजारमा एमाले बनगाड कुपिण्डे नगर समितीको आयोजनामा हुने सभालाइ सम्बोधन गर्न पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली भोली मंगलवार बिहान ८ बजे सल्यानको सल्लीबजार आउने एमाले सल्यान जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनले जानकारी दिनु भयो । ओलि सहित एमालेका विभिन्न शिर्ष नेताहरू पनि आउने जानाइएको छ ।

मध्यपहाडी लोकमार्ग संकल्प यात्रामा एमालेले सुदुर पश्चिम् झुलाघाट सुरु गरेको संकल्प यात्रा पुर्वको चिवाभञ्ज्याङ् पुगेर टुङ्गिने र एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने झन्डै २६ जिल्लाका कार्यकर्ता संगै नागरिक संग प्रत्येक्ष भेटघाट गर्ने बताइएको छ ।

ओलीले आज सोमबार सुर्खेतमा हुने जनसभामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार, ,  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्