हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । निकै लामो रस्काकस्की पछि कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सिफारिस समितिले सिफारिस गरेबमोजिम बिहिबार आयोगको अध्यक्षमा सुर्खेत निवासी रामप्रसाद उपाध्याय नियुक्त भएका हुन् । त्यस्तै लोकसेवा आयोगको सदस्यमा सुर्खेतकै भक्तबहादुर खड्का र हुम्लाकी वसन्तीकुमारी सिंह शाहीलाई नियुक्त गरिएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

सिफारिस भएका तीनै जनाले बिहिबार नै प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण गरेका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा सभामुख राजबहादुर शाहीको उपस्थितिमा उनीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार, ,  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्