हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचौर नगरपालिकाले ११ र १२ मा योजनाहरु वडामै एकिकृत रुपमा सम्झौता गर्ने काम गरेको छ ।आज वडास्तरबाटै योजना सम्झौता गर्ने कार्यले वडाका नागरिकले नगरपालिका कार्यालय सम्म पुग्नुपर्ने बाध्यता र सास्ती बाट मुक्ति पाएका छन ।

नगरपालिकाले योजना सम्झौता मात्र नभई स्थानीय बैंकसँग सहकार्य गरेर स्थानीयस्तरबाटै खाता खोल्ने व्यवस्थासमेत मिलाएको छ । वडा स्तरबाटै योजना सम्झौता गर्दा सम्बन्धित वडाका उपभोक्ता समितिमा बसेका पदाधिकारी वडाबासीलाई धेरै राहत भएको छ । यस कार्यकाे थालनी नगरपालिकाले गत वर्ष देखि सुरुवात गरेकाे हाे ।

नगरपालिकाले आज वडा नं. ११ र १२ मा वडा अध्यक्ष केश बहादुर भण्डारी, टिकाराम वली, याेजना शाखाका कर्मचारी लगाएत वडाका जनप्रतिनिधि, वडा सचिव र प्राबिधिक कर्मचारी, बैंकका कर्मचारीकाे उपस्थितिमा वडा नं. ११ मा ५ वटा, वडा नं. १२ मा ७ वटा याेजनाहरुकाे सम्झौता गर्ने कार्य, बैंक खाता खाेल्ने कार्य र उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको हाे ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार, ,  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्