हामी परिक्षण प्रसारणमा छौ



सल्यान।सल्यानको कपुरकोट गाउँपालिका आर्थिक वर्ष २०७९।०८० को कार्य प्रगतिका आधारमा प्रथम भएको छ । जिल्लामा रहेका १० पालिकालाई उछिन्दै कपुरकोट गाउँपालिका प्रथम भएको हो । एक सय पूर्णाङ्कमा गरिएको मूल्यांकनमा बागचौर नगरपालिका द्धितिय र त्रिवेणी गाउँपालिका तृतीय भएको छ ।

वित्तिय प्रगति,भौतिक प्रगति,योजनाको पारदर्शिता, कार्यान्वयनमा नयाँ अभ्यास,आर्थिक सुशासनका उपलब्धि,शिक्षा,स्वास्थ्य,कृषि,पशुपन्छी,सेवा प्रवाहको गुणस्तर,अनुगमन,लैङिगक समानता,अन्तर पालिका समन्वय,विगतको समीक्षा र भावी योजना लगायतका बिभिन्न १४ सूचकमा रहेर मूल्यांकन गरिएको थियो ।

जिल्ला समन्वय समिति सल्यानको आयोजनामा भएको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा रहेका सङ्घीय तथा प्रादेशिक कार्यालय तर्फ कृषि विकास बैङ्क प्रथम,स्वास्थ्य सेवा कार्यालय द्धितिय र पशु सेवा कार्यालय सल्यान भएको छ । कार्य प्रगतिमा प्रथम,द्धितिय र तृतीय हुने पालिकालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र जिल्ला समन्वय प्रमुख असबीर बुढाथोकीले हस्ताक्षर गरेको प्रशंसा पत्र प्रदान गरिएको कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।

यता आफू नेतृत्वको गाउँपालिका २०७९।०८० को वार्षिक कार्य प्रगतिमा प्रथम भए पछि गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीले कार्य सम्पादनमा सहयोग पुर्‍याउने सम्पूर्ण कर्मचारी,जनप्रतिनिधि,राजनीतिक दल,टोल विकास संस्था तथा आम गाउँपालिकावासीमा धन्यवाद दिनु भएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार, ,  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्