हामी परिक्षण प्रसारणमा छौ



सल्यान। माओवादी केन्द्र वनगाड कुपिण्डे नगरपालिकाको अध्यक्षमा दुर्गा बहादुर बुढाथोकी चयन हुनुभएको छ।

बिहिवार सम्पन्न भएको दोस्रो नगर सम्मेलनले अध्यक्षमा दुर्गा बहादुर बुढाथोकीलाई चयन गरेको हो। यस्तै विरबहादुर बुढामगर, कुलबहादुर पुरी उपाध्यक्ष, सचीव जीवन सिंह ठकुरी, सह सचीव डिल्ली बहादुर विके, जयप्रकाश विक र कोषाध्यक्षमा नन्दा राना सहित ५१ सदस्यीय नगर समिति गठन गरिएको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी, जनता संग माओवादी विशेष रुपान्तरण अभियान’, वनगाड कुपिण्डे नगर समितिको दोस्रो नगर भेला नेकपा माओवादी कर्णाली प्रदेश उपाध्यक्ष तथा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गर्नुभएको थियो। प्रदेश सदस्य धनबहादुर पुनमगर,किर्ती बहादुर राना (दिप), दिपक यरि, विपना बुढाथोकी, प्रदेश सल्लाहकार सदस्य प्रतिमल बुढा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

नव निर्वाचित समितीलाई प्रमुख अतिथि कर्ण बहादुर बुढाथोकीले सपथ ग्रहण गराउनु भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार, ,  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्