हामी परिक्षण प्रसारणमा छौ



सल्यान। माओवादी केन्द्र कपुरकोट गाउँपालिका स्तरीय समितिको अध्यक्षमा प्रकाश भण्डारी चयन हुनुभएको छ।

बिहिवार सम्पन्न भएको चौथो गाउँ सम्मेलनले अध्यक्षमा प्रकाश भण्डारी लाई चयन गरेको हो। यस्तै उपाध्यक्षमा शेर बहादुर पुन, बालाराम खड्का र कमला बाठा घर्तीलाई सर्बसम्मत चयन गरेको हो। यसैगरी सचिवमा पवन कार्की, सहसचीवमा बेद प्रकाश बाठा र कोषाध्यक्षमा गङ्गा राम महतारा सहित ३७ सदस्यीय गाउँ समिति सर्बसम्मत चयन गरेको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी, जनता संग माओवादी विशेष रुपान्तरण अभियान’, अभियान अन्तरगत सम्पन्न गाउँ समितिको भेलाले १८ सदस्यीय सल्लाहकार समिती गठन गर्नुका साथै ११ सदस्यीय जेष्ठ कम्युनिस्ट मन्च समेत गठन गरेको छ।

smart

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार, ,  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्