हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको कालिमाटी मेला (धान्य पुर्णिमामा लाग्ने) को अवसरमा गाउँपालिकाले राखेको खुला भलिवल खेल सुरु भएको छ।

शोमबारबाट सुरु भएको उक्त प्रतियोगिता गाउँपालिका अध्यक्ष दान बहादुर केसीद्वारा उद्घाटन गरिएको हो । प्रतियोगितामा विभिन्न १५ समुहले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष सनशिलता वली डिसी सहित वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुद्वारा शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

गाउँपालिकाका खेल सम्पर्क व्यक्ती दिप बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महिला विकास शाखा प्रमुख रितु केसी तिमिल्सिनाले गर्नुभएको थियो ।

कालिमाटी गंगामाला भगवती मन्दिर तथा कछुवा दह क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार, ,  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्