हामी परिक्षण प्रसारणमा छौ



 

सल्यान, ८ फागुन । सल्यानको दार्मा गाउँपालिका जिल्लाकै उत्कृष्ट र असल अभ्यास गर्ने पालिकामा छनौट भएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानले प्रजातन्त्र स्थापनाको दिन फागुन ७ को अबसर पारेर निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काको कार्यकौशलता र दार्मा गाउँपालिकाले गरेका कामको आधारमा सम्मान गरेको उक्त प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

दार्मा गाउँपालिकाले कक्षा १देखी ५ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो दार्मा’ लागु गराउन सफल भएको,स्वंयम सेवक शिक्षक तथा कर्मचारी परिचालन गर्न सफल,स्थानीय लोपउन्मुख कला संस्कृतिको जगेर्नाको लागि गरेको पहल,गाउँपालिकाको डिजिटल प्रोफाइल तयारी गरेको भनी सम्मान गरेको जिल्ला प्रशासन कार्यालयले पत्रमा उल्लेख गरेको छ ।

यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उत्कृष्ठ कार्यान्वंयन गर्न सफल रहेको,सेवाग्राहीलाई निशुल्क फोटोकपी तथा हेल्पडेस्क संञ्चालन लगायतका कार्य गरेको भनी जिल्ला प्रशासन सल्यानले दार्मा गाउँपालिकालाई सम्मान गरेको जनाएको छ ।

 

दार्मामा केही भएन भन्नेको मुखमा बुझो  : अरुण

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी (अरुण) पालिकाले गरेका कार्यको समयमै सही मूल्याङ्कन गरेकोमा आफुहरु ज्यादै खुशी भएको सल्यानन्युजलाई बताए । उनले भने,‘एकपक्षले दार्मामा हाम्रा राम्रा कामको बिरोध गर्दै दार्मामा केही पनि बिकास भएन,चरम भ्रष्टाचार मात्र भयो, जनबिरोधी काम मात्र भए भन्नेलाई जिल्ला प्रशासनको यस प्रकारको सम्मानले मुखमा बुझो लगाइदिएको छ ।’

आगामी दिनमा दार्मा जनताप्रति थप जिम्मेवार बन्ने भन्दै अरुणले भने, ‘जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको समूह कार्यको परिणाम नै यो सफलता र प्रसंशा हो, यसले अझै राम्रो कार्यसम्पादन र अभ्यास गर्न सकरात्मक चुनौती प्रदान गरेको छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार, ,  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्