हामी परिक्षण प्रसारणमा छौ



दाङ । गायक दिपक वलीले सांस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० को गायक अवार्ड हात हात पार्नुभएको छ । उहाँले “कि तिमिलाई झल्को आउदैनर’’ बोल को गीत बाट अवार्ड जित्न सफल हुनुभएको हो ।

सल्यान जिल्लाको लौराबाङमा जन्मिएका वली हाल दाङको तुलसीपुरमा पत्रकारिता, सामाजिक अभियानता सङ्गै कलाकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । यही पुष १० गते काठमाण्डौ स्थित नेपाल चलचित्र बोर्डको सभा हलमा अवार्ड घोषणा कार्यक्रम राखिएको थियो । सामाजिक अभियानताको कामलाई कलाकारिता पेशाले चिनिन थप हौसला गरेको भन्दै यो पेशाबाट आफु टाढा रहेर रहन नसक्ने उहँको भनाई छ । आफ्नो नेतृत्वमा गरिब दुखीको ३ वटा घर बनाएको बताउदै वलीले यस्ता काममा सक्रिय हुदा धेरैको माया र साथ प्राप्त गरेको उहाँले बताउनुभयो । उपमा संचार प्रालिको आयोजना भएको सांस्कृतिक म्युजिक अवार्ड २०८० को प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कलाकार देशका गहना भएको र कलाकारलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।

यस्ता कार्यक्रमको आयोजना गरेर कलाकारहरुलाई अवार्ड प्रदान गर्नाले अग्रज कलाकारको सम्मान हुने र नया कलाकारहरुलाई हौसलासँगै उर्जा थपिन सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले अवार्ड कार्यक्रम बेला बेलामा हुन आवश्यक रहेको बताउदै कार्यक्रम गर्ने आयोजक संस्थालाई समेत धन्यवाद दिनुभयो । अवार्ड कार्यक्रमलाई थप प्रभावकारी बनाउन चर्चीत गायक इन्द्र जिसिले जुरि निर्णायकको सफलता पुर्वक आफ्नो भुमिका निर्वाह गर्नुभएको थियो । अतिथि कलाकारका रुपमा चर्चीत गायक तथा संगीतकार बिबि अनुरागी, चर्चीत गायक खुमन अधिकारि लगाएत विभिन्न जिल्लाका राष्ट्रिय संगीतकर्मी संघ, दोहोरी गित प्रतिष्ठान, कलाकारको हक हितमा बोल्ने संस्थाका नेतृत्वहरुको उपस्थिती रहेको थियो । अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न तहका व्यक्तिहरुलाई संस्थाकी अध्यक्ष अस्मी गौतमले धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार, ,  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्