हामी परिक्षण प्रसारणमा छौ



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कान्तिपुर पब्लिकेसन विरुद्ध मुद्दा दर्ता गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कान्तिपुर पब्लिकेसनले पटक-पटक समाचारका माध्यमबाट विभिन्न भ्रम छरी मानहानी गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेखेको स्ट्याठस यस्तो छ –
एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।
मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।”

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार, ,  ३ : २८ बजे

प्रतिक्रिया दिनुहोस्