हामी परिक्षण प्रसारणमा छौ



सल्यानमा नेकपा (माओवादी केन्द्र ) को जनता संग माओवादी विशेष रुपान्तरण अभियान सम्पन्न भएको छ । हिजो जिल्लाको पर्यटकीय स्थल कुपिण्डे तालमा एक भव्य कार्यक्रममको आयोजना गरेर अभियानको समापन गरिएको घोषणा गरिएको हो ।

अभियान अन्तर्गत माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारी लाई सल्यान ईञ्चार्जका रुपमा जिम्मेवारी सहित पार्टी ले खटाएको थियो । ईञ्चार्ज भण्डारीले माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुन लाई पार्टीको झण्डांकित चाबी बुझाएर अभियान को समापन भएको घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य कालिबहादुर मल्ल को विशेष उपस्थिति रहेको थियो । देशका १०० प्रमुख पर्यटकीय स्थलका रुपमा सुचिकृत रहेको कुपिण्डे मा भएको उक्त कार्यक्रममा सल्यानका ७० हजार बढि जनता संग माओवादीका नेताहरु ४ महिने अभियानका क्रममा प्रत्यक्ष साक्षात्कार भएको बताईएको छ ।

नेताहरु केन्द्र केन्द्रित मात्रै भएको र रुपान्तरण हुन जरुरी रहेको भन्दै पार्टीले नेता तथा कार्यकर्ता रुपान्तरण हुन भनि यो अभियान संचालन गरिएको थियो । गत भदौ १६ गते जिल्लाका विभिन्न स्थानहरुमा श्रम गरेर उद्घाटन भएको अभियानका क्रममा जिल्ला,पालिका र वडाहरुमा नयाँ अनुहारका ईञ्चार्जहरु लाई खटाईको थियो ।

अभियानका क्रममा विशेषगरी भुकम्प पिडितहरुले माओवादी नेता कार्यकर्ताबाट राहत पाएको महसुस गरेका छन् । उनिहरुले अभियानकै दौरानमा दार्मा गाउँपालिका केन्द्रित साताव्यापी कार्यक्रम नै घोषणा गरेर भुकम्प पिडित स्थानमा नि:शुल्क श्रम गरेका थिए ।
दार्मा ५ सल्यानका एक भुकम्प पिडितले भने -” भुकम्प ले चिरा पारेको घाउमा माओवादी पार्टीले हामी पिडितका टहरा निर्माण गरिदिएर ठुलो गुण लगाएको छ,यो हामी बिर्सने छैनौँ ।” उनले थपे-” कुरा मात्रै गर्ने चलन थियो,अहिले जनता काममा जनतासंगै श्रम गर्ने बानीको विकास धेरै बढेको रहेछ,यो स्वागतयोग्य काम हो ।”

अभियान समापन कार्यक्रममा जिल्लाका वडा स्तरका माओवादी नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार, ,  ११ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्