हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचाैर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी हरी बहादुर कठायतलाई दिइएको छ।

बागचाैर नगरपालिकामा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, अधिकृत स्तर सातौ तहमा कार्यरत हरी बहादुर कठायत लाई कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा जिम्मेवारी तोकिएको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट जिम्मेवारी प्राप्त भएकोमा नगर कार्यपालिकाकाे कार्यालय बागचाैरमा स्वागत तथा बधाई कार्यक्रम गरिएको नगरप्रमुख जनकराज गाैतमले जानकारी दिनुभयो ।

बुधबार एक कार्यक्रमको आयोजना गरेर नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका कर्मचारीहरु लगायतकाे उपस्थितिमा स्वागत तथा बधाई कार्यक्रम गरिएको छ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार, ,  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्